मोरङको धनपालथान गाउँपालिका–७ मा स्थित उखुबारीमा दुई शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको घाँटीमा डोरीले बाँधेको डाम भएको तथा हात बाँधिएको अवस्थामा भेटिएको थियो जसले गर्दा अन्यत्र हत्या पछि शव लाई उखुबारीमा ल्याएर गाडिएको हुन सक्ने प्रहरीले अनुमान लाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार दुवै हत्याको प्रकृति एउटै रहेकाले गर्दा अन्यत्र हत्या गरी शवलाई उखुबारीमा ल्याएर गाडिएको हुन सक्ने बताएका छन् । साथै उक्त दुवै हत्यामा संलग्न पनि एउटै व्यक्ति वा समूह हुन सक्ने पनि प्रहरीले जनाएको छ ।
रङ्गेली–विराटनगर सडकको रामचोक खण्डको दक्षिणमा पर्ने कमलपुर र हनुमान चोकको बिचमा रहेको उखु खेतमा शव फेला परेको थियो । उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए पस्चात प्रहरीले बुधवार एउटा खाल्डोबाट अन्दाजी ३०–३५ वर्षीय पहिचान खुल्न नसकेका पुरुषको शव फेला पारेको थियो ।
बिहीबार, खाडल उत्खनन पछि अर्को शव भने धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनको साथबाट भेटिएको कागजातका आधारमा क्ष्रेष्ठको पहिचान खुलेको हो । धरान घर भएका उनी गत मङ्सिर ४ मा काठमाण्डौबाट पूर्व आएपछि सम्पर्कविहीन भएको श्रेष्ठको परिवारले बताएको, प्रहरीले बताएको छ । मृतक श्रेष्ठ जग्गा कारोबारी रहेको पनि प्रहरीले जनाएको छ ।
फेला परेको दुवै शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको र घटनाको सूक्ष्म अनुसन्धान गरी रहेको मोरङका प्रहरी उपरीक्षक जिसीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP