आफ्नै बुबाको हत्या गरेको आरोपमा एक पक्राउ

दिप खबर
माघ १४, २०७८

मोरङ्गमा आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्री रहेका छन् । आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा राति जयबहादुर पक्राउ परेका थिए । 

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा वादविवाद हुँदा बुबा दलबहादुरलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट दलबहादुरको मृत्यु भएको खबर पाउनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जयबहादुरलाई पक्राउ गरेको हो ।

बुधवार राति पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP