इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा, अत्याधुनिक प्रविधिबाट कार वास गरिने

दिप खबर
माघ १३, २०७८

इटहरीमा नेपालकै दोस्रो कार्जस्पा सञ्चालनमा आएको छ। कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा इटहरीमै पहिलो पटक धरान लाइन हलगडामा उद्घाटन भएको हो । इटहरीका बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा बिहीबार पुर्वमन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन्।

इटहरी पूर्वकै उदयमान सहर भएकाले विराटनगर, धरान र बिर्तामोडका सेवाग्राहीलाई लक्षित गरिएको कार्जस्पाका नेपाल प्रमुख तरुण अहुजाले जानकारी दिए । उद्घाटन अगाडी पत्रकारहरू सँग कुरा गर्दै उनले विराटनगर भन्दा इटहरी सम्भावना बोकेको व्यापारिक केन्द्र भएको बताए । कार्जस्पा कार वासमात्र नभएर कारको होलबढी उपचार भएको प्रष्ट पारे ।

ुबाहिरका कारवास भनेको हामीले दैनिक गर्ने फेस वास जस्तै हो । कार्जस्पा भनेको होलबढी चेकअप गरी उपचार गर्ने विधि हो । त्यो भन्दा सहज तरिकाले बुझ्न कार्जस्पा कार तथा मोटरसाइकलको अस्पताल तथा पार्लर होु थप प्रष्ट पार्दै उनले भने ।

कार्जस्पामा कार वा बाइकको सम्पूर्ण पार्ट्सको मर्मत गरिन्छ । सवारी साधनलाई सुन्दर तथा आकर्षक बनाउने कार्जस्पा उपयोगी हुने इटहरीका सञ्चालक लिम्बुले बताए । चलाइरहेको गाडीको बाहिरी तथा भित्री आवरणमा उल्लेख्य सुधार हुने उनको भनाई छ । कोरिएको र स्थायी दाग लागेको हटाउने देखी गाडीलाई सुविधाजनक बनाइने उनले प्रष्ट पारे । लामो समय लन्डन बसेर नेपाल फर्किएका उनले २ वर्ष अगाडी बहत्तर क्याफे सञ्चालनमा ल्याएका हुन् । अहिले आफ्नो ठाउँमा केही काम गरौँ भनेर कार्जस्पा सञ्चालन गरिएको उनले बताए ।

नेपालमा अटोमोबाइलको व्यापार बढ्दै गएको कारण पूर्व नेपालको प्रमुख सहर इटहरीमा खोलिएको उनले बताए । अहिले सफा र सुविधाजनक कार सञ्चालन गर्न चाहनेको सङ्ख्या बढ्दै गएकाले कार्जस्पाको माग बढेको लिम्बुको भनाई छ । कार्जस्पा भनेको कार वास गर्ने मात्र नभएर कार तथा बाइकको सम्पूर्ण उपचार भएको उनले प्रष्ट पारे । जसमा वास, भ्याकुमिङ र वाक्सीङ तथा अटो डिटेलीङ गरिने उनले बताए ।

१२ वर्ष अगाडी भारतको गुजरातमा खुलेको कार्जस्पाले यसैबर्ष नेपालमा थप ३ वटा शाखा खोल्ने तयारी थालेको छ । यसअघि काठमाण्डौमा खुलेको कार्जस्पा इटहरीमा दोस्रो शाखाको रूपमा सञ्चालनमा आएको हो।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP