माघ २३ गते देखि विद्यालय खोल्न निजी तथा आवासीय विद्यालय सङ्गठनको माग

दिप खबर
माघ १३, २०७८

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सङ्ग भेट गरेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।

खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न  शिक्षामन्त्री पौडेललाई  माग गरेको अध्यक्ष टीकाराम पुरीले बताएका छन् । प्याब्सनको काठमाडौँ, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगर समितिहरू गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यालयमा १० बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै उनले शिक्षामन्त्रीसँग नेपाल शिक्षालाई कसरी सुधार गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । साथै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिएका छन् ।

शिक्षामन्त्री पौडेलले प्याब्सनसँगको सल्लाहमा खोप लगाइसकेपछि, संंक्रमण अवस्था हेरेर मात्रै निर्णयमा पुग्ने बताएका हुन् ।  

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP