सप्तरीमा अज्ञात समूहले एक ट्रकमा गर्‍यो आगजनी

दिप खबर
माघ १३, २०७८

सप्तरीमा मङ्गलवार राति अज्ञात समूहले एक ट्रकमा आगजनी गरेको छ भने चालक सम्पर्कविहीन भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकस्थित पूर्वतर्फ गइरहेको ना५ख १९११ नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जनाएका छन् ।

आगजनीबाट ट्रक पूर्ण रूपमा जलेको छ । यसअघि पनि पुस १६ गते सोही गाउँपालिका–५ महुली पुलमा एउटा ट्रक जलाइएको थियो । घटनाका अनुसन्धानमा जुटिसकेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP