बिहीबार बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ बस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको । झापाबाट इलाम जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP