काठमाडौँमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु

दिप खबर
माघ १३, २०७८

काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भएको छ । गए राति आफ्नै घर भित्र कोईला बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो ।


कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ । बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ ।

केही दिनअघि भक्तपुरमा पनि घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर भएका थिए भने ३ महिनाका छोराको निसास्सिएर मृत्यु भएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP