राष्ट्रिय युवा सङ्घ सुनसरीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष युवा सङ्घले सरकारको घोर भर्त्सना गर्दै ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय युवा सङ्घ सुनसरी इन्चार्ज देवानन्द मेहता र संयोजक सुजन लामाले संयुक्त हस्ताक्षरित पत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, भ्रष्टाचारमा नेपाल अग्र भागमा देखिँदा पनि नबोल्नु, तथा बहालवाला मन्त्रीले हिंसा निम्त्याउने सार्वजनिक अभिव्यक्ति दिँदा पनि नबोल्नु, स्थानीय तहको निर्वाचन गराउन सरकार पछि हट्नु र देशमा सिटामोलको हाहाकार हुँदा सरकार नबोल्नु जस्ता विषयमा सरकारले तत्काल कदम चाल्न सङ्घले आग्रह गरेको छ ।
जनताले सरकार भएको आभास गर्न नसकेको भन्दै सरकारले समयमै सजक हुन पनि सङ्घले आग्रह गरेको छ । यदि गठबन्धन सरकारले आफूहरूको मागलाई बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP