प्रदेश १ राष्ट्रिय सभा सदस्यमा एमालेका शेर्पा विजयी

दिप खबर
माघ १२, २०७८

प्रदेश १ राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट ४७३४ मत भारसहित विजयी भएका हुन्।उनले गठबन्धनबाट उठेका जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका छन्। प्रदेशतर्फ सोनमले ४२ जना सांसदको २०१६ मतभार ल्याउन सफल भए। पराजित जसपाका हेमराज राईले ४९ सांसदको २३५२ मतभार ल्याउन सफल भए।

त्यस्तै स्थानीय तहतर्फ सोनमले १५२ जनप्रतिनिधिको जम्मा २७३६ मतभार ल्याए। त्यस्तै पराजित राईले ११३ जनप्रतिनिधिको २३५२ मत ल्याउन सफल भए। जम्मा मतभार हेर्दा सोनमले ४७५२ मतभार ल्याए। पराजित राई ४३८६ मतभार ल्याए। यस्तोमा सोनमले ३६६ मतान्तरले जित निकालेका हुन्।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP