रुपन्देहीको देवदह नगरपालिकाको पूर्व पश्चिम राजमार्ग घोडाहा जङ्गलको छेउ किनारामा एक महिला र एक बालीकाको शव फेला परेको छ । एक अधबैँसे महिला र अन्दाजी ७ बर्सिया बालिकाको शव मङ्गलवार दिउसो फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूको हत्या गरी जङ्गलमा पालिएको आशङ्का रहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गङ्गा सारुले जानकारी दिएका छन् ।
शवको पहिचान हुन सकेको छैन । उनीहरू आमाछोरी हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटना स्थलको अनुसन्धानमा जुटेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP