(सिटिइभिटी)ले गर्‍यो सबै परीक्षाहरू स्थगित

दिप खबर
माघ ११, २०७८

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरूको सङ्ख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । 

परिषद्ले यही १५ गते बायो मेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्त्रगतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तत्कालको लागि अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरिएको परिषद्को परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परिस्थिति सहज हुनासाथ हप्ता, दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने पनि केसीले जानकारी दिएका छन् । ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP