मेडिकल कलेजहरूमा चलिरहेको आन्दोलनमा ऐक्यबद्धताका निम्ति विद्यार्थी सङ्गठनको अपिल

दिप खबर
माघ ११, २०७८

नोबेल मेडिकल र के. एम. सी लगायत मेडिकल कलेजहरूमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरू लगायतको ऐक्यबद्धताका निम्ति विद्यार्थी सङ्गठनले अपिल जारी गरेको छ । मङ्गलवार संयुक्त विद्यार्थी सङ्गठनद्वारा जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरिएको हो ।

सम्पुर्ण बिद्यार्थि संगठनहरुको हस्ताक्षरित विज्ञप्तिमा कलेज प्रशासनको दुर्व्यवहार गर्दा घाइते भएका विद्यार्थीहरूको स्वास्थ्य लाभको कामना गरेको छ । लामो समयसम्म विद्यार्थीका मागहरू सम्बोधन गर्न कलेज प्रशासन तयार नभएकाले गर्दा संयुक्त विद्यार्थी सङ्गठनले माग पत्र टाँसेर के.एम.सी प्रशासनमा  दुई दिन अघि ताला लगाएको थिए । 

मागहरू सम्बोधन गर्न कलेज प्रशासन तयार नदेखिएको भन्दै सोमबार विद्यार्थीहरूबाट नोबेल प्रशासन विरुद्ध गरेको सिट्ठी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा  विद्यार्थी नेताहरू घाइते भएका हुन् । शान्तिपूर्ण कार्यक्रममा दमन गरेको प्रति आक्रोशित विद्यार्थी सङ्गठनले इँटको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा नगरे थप कडाइका साथ आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP