शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएकाले सम्पूर्ण परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।‘फास्ट ट्र्याक’को विधि अपनाएर भए पनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाइ रहेको थियो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित हुन ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे विद्यार्थीको धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए । उनले नतिजा प्रकाशनमा ढिलाइ भएकाले त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श लीने पनि बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP