पर्साको जगरनाथपुर गाउँपालिका–६ बस्ने नागेसरप्रसाद कुर्मीका छोरा १२ वर्षीय मन्टुप्रसादको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गएको पुस २३ गते दिउँसो जगरनाथपुर गाउँपालिका–६ स्थित उखु खेतमा मन्टुप्रसादको शव फेला परेको थियो ।
घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका–६, भिष्वास्थित नेपाल–भारत सीमाबाट हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३० वर्षीय मनमोहनप्रसाद यादव र २५ वर्षीय रोहनप्रसाद यादव रहेका प्रहरीले बताएका छन् ।
उनीहरू विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्साबाट सात दिन म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP