स्थानीय तहको निर्वाचन वैशाखमै हुने :निर्वाचन प्रमुख आयुक्त थपलिया

दिप खबर
माघ ११, २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने गरी आयोगले तयारी गरिसकेको बताएका छन् । उनले वैशाखमै निर्वाचन गर्ने गरी सबै तयारी भएकोले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने धारणा राखे । उनले भने, ‘सरकारले निर्वाचनको मिति दिओस् । स्थानीय तहको चुनाव रोक्नुहुँदैन, रोकिँदैन! यो मेरो आग्रह हो । वैशाखमै गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरूलाई भेटेर यो कुरा राखिसकेको छु ।’

पछिल्लो समय स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने चर्चा चली रहेको बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रतिक्रिया दिएका हुन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP