सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोलामा ५०० ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसै गरी नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP