एक लाख ६८ हजार बढीले कोरोनाको बुस्टर डोज लगाए, एक करोड डोज मौज्दात नै

दिप खबर
माघ ११, २०७८

नेपालमा एक लाख ६८ हजारभन्दा बढीले कोरोनाभाइरस विरुद्धको बुस्टर डोज लगाएका छन् । माग १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म एक लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाई सकेका छन् । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा बुस्टर डोज लगाइएको हो ।

दुवै डोज लगाएको ६ महिना पुगेका अग्र पङ्क्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् ।

साथै एक करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्ण मात्रा अर्थात् दुई डोज लगाएका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एक करोड खोपको डोज मौज्दात नै रहेको मन्त्रालयले जनाएको छ । देशभरनै खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP