धनकुटा नगरपालिका–४ छारागाउँकी ५२ बर्सिया सीता श्रेष्ठको शव घरभित्र पुरिएको अवस्थामा माग १० गते फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएकी सीताको उनका पति सीतारामले हत्या गरेका प्रहरीले जनाएको छ । गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।
घरायसी झगडापछि पत्नी बेपत्ता भएसँगै फरार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । सीतारामलाई पक्राउ गरी प्रहरीले सोधपुछ गर्ने क्रममा हत्या गरी घरभित्रै गाडेको रहस्य खुलेको प्रहरीले बताएको छ ।
यसअघि पनि पति–पत्नीबिच बारम्बार कुटपिट हुने गरेको स्थानीयले जानकारी दिएका थिए । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP