स्टेल्थ ओमिक्रोन नामक कोरोनाको नयाँ भेरियन्ट, आरटी पीसीआरबाट पत्ता लगाउन नसकिने !

दिप खबर
माघ ११, २०७८

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन यति बेला विश्वका अधिकांश देशहरूमा फैलिसकेको छ । अहिले ओमिक्रोनकै नयाँ सब स्ट्रेन बीए.२ ले विश्वका लागि तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनकै यस नयाँ भेरियन्टलाई आरटी पीसीआरबाट पनि पत्ता लगाउन नसकिने भएका कारण थप तनाव दिएको हो । त्यसैले बीए.२ लाई स्टेल्थ ओमिक्रोन पनि भनिएको छ ।

यो नयाँ सब भेरियन्ट भारतसहित विश्वका ४० देशमा फैलिसकेको छ । यो विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनलले गरेको छ । 

२३ डिसेम्बर २०२१ सम्म जिन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो । तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रूपमा फैलिरहेको पाइएको छ ।

बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाई भेरियन्ट अन्डर इन्भेस्टिगेसनु मा राखेको विश्व स्वास्थ्य संगठनल जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP