रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारको पहल थालेको छ । कोठामा गम्भीर अवस्थामा छटपटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरू उनको उद्धारमा जुटेका हुन ।
राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो सार्वजनिक भएपछि आज रियादस्थित नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली सो स्थानमा पुगेको थियो । दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमिकलाई दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो र आठमध्ये एक जना नेपाल फर्किसकेका छन् । अन्य छ जना मङ्गलवार नेपाल फर्कनेछन् ।
रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उजुरी रहेकाले केही समय लाग्ने दूतावासले जनाएको छ ।
उपचारपश्चात् रानाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP