कैलाली हायस दुर्घटना हुँदा १६ जना घाइते

दिप खबर
माघ १०, २०७८

कैलाली हायस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको प्रहरीले बताएका छन् ।

दुर्घटनामा हायस चालक गौरीगङ्गा नगरपालिका–९ बस्ने धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दीपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणि जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका हुन् । यस्तै, भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रूपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेले बताएका छन् ।

डिएसपी पोखरेलले घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य छ । घाइतेको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP