मोरङको केराबारीमा बाबुराम भट्टराईको शव फेला

दिप खबर
माघ १०, २०७८

मोरङको केराबारीमा १२ दिनदेखि हराइरहेका एक जना युवकको शव चारकोसे जङ्गलमा भेटिएको छ । केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए । उनको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताएका हुन् ।

खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जङ्गलमा ढलेको रुखको जराभित्र शव भेटिएको प्रहरीले बताएको छन् । प्रहरीले आफन्त र परिवारका सदस्यले हत्या गरेर भट्टराईको शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने आशङ्का गरेको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ ।

गाईबस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइतबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धान भई राखेको प्रहरीले जनाएको छ ।  

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP