बैतडीमा बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु

दिप खबर
माघ १०, २०७८

बैतडीको डिलाशैनी गाउँपालिका–२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रवार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ बर्सिया तारा लुहार र  ३८ बर्सिया महना लुहारको  ज्यान गएका उनीहरूका नातेदार रमेश लुहारले जानकारी दिए । 

तर, घटना भने लामो समय सम्म गुपचुप राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन । घटना गत शुक्रवार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।

डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP