नोबेल का विद्यार्थीसँग अतिरिक्त शुल्कका विषयमा प्रहरी कार्यालय मोरङले अनुसन्धान सुरु

दिप खबर
माघ १०, २०७८

विराटनगरको नोबेल मेडिकल कलेजले एमबिबिएसमा भर्ना भएका विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान थालेको छ । अनुसन्धान गरेर विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको पाइए प्रहरीले कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउने भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रवार आन्दोलनरत विद्यार्थी सङ्गठनसँग छलफल गरेर जिल्ला प्रहरीलाई अतिरिक्त शुल्क असुलेको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरी पत्राचार गरेको थियो । 

पठनपाठन सुरु नै नगरी कलेजले आयोगले तोकेभन्दा विपरीत ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएर मङ्सिर १९ गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । 

जिअ काशीराज दाहालले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क कलेजले असुली गरेको भए कारबाही अघि बढाउन गृह मन्त्रालयले बिहीबार पठाएको पत्रअनुसार प्रहरी कार्यालयलाई कारबाहीका लागि पत्राचार गरिएको बताए । मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जोशीले एक साताभित्र अनुसन्धान गरेर अतिरिक्त असुली गरेको पाइए कारबाहीको दायरामा ल्याउने बचन दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP