सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा आइतबार साँझ ६ बजे बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ५४ वर्षीय बम बहादुर लिम्बु रहेका छन् ।
इटहरीबाट विराटनगर तर्फ जाँदै गरेको लिम्बु सवार को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१ ६२ नम्बरको बसले हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा इटहरी स्थित एपेक्स अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP