आउने माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका लागि आज राति देखि मौन अवधि सुरु हुने भएको छ । रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद गरी २०२५ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकोले यो अवधिमा भोट माग्न र प्रचारप्रसार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
सत्तारूढ पाँच गठबन्धन, नेकपा एमालेसहित १२ राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने भएका छन् । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । मौन अवधिभन्दा अघि चुनाव चिन्ह र प्रसार प्रसारका सामग्री हटाउनुपर्ने हुन्छ । मतदान स्थलभन्दा ३ सय मिटर वरपर प्रचार सामग्री राख्न नपाइने साथै सञ्चार माध्यमबाट पनि प्रचारप्रसार गर्न नपाइने भनिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP