भक्तपुरमा ३ महिने बालकको निसासिएर मृत्यु, बालकका आमा र बुवाको अवस्था गम्भीर

दिप खबर
माघ ९, २०७८

भक्तपुरको सूर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ । सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार बेलुका अभिषेक र उनकी श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेका थिए ।

आज बिहान अबेर सम्म पनि नउठेकोले स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा फेला पारेका प्रहरीले जनाएको छ । तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको उपचारकै क्रममा आज बिहान तीन महिने बालकको मृत्यु भएको हो । त्यस्तै, बालकको आमा र बुवाको पनि अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP