कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिहेरेका बेला तेह्रथुममा मास्क खोइ अभियान प्रभावकारी हुँदै छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान सञ्चालन गरेको छ ।
बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारबाही स्वरूप जरिवाना लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।
जिल्लाका मुख्य भिडभाड हुने स्थल सदरमुकाम म्याङ्लुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारबाही गरिएको थियो । बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिँड्ने एक सय ३० जनालाई कारबाही गरी सकेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखि पछि १४ माघसम्म अत्यावश्यक बाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP