मोरङको बलियामा महिला माथि एउटा सामूहिक बलात्कारको घटना भएको छ । बेलबारी नगरपालिका–४ की ३० बर्सिया महिला सामूहिक बलात्कारको सिकार भएकी छन् । अमानवीय घटनाको सिकार बनेकी उनको अवस्था गम्भीर छ । पीडितको उपचार विराटनगर स्थित कोसी अस्पतालमा भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ बलिया स्थित श्रेष्ठ होटेल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिला माथि तीन जनाले शुक्रवार राति सामूहिक बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिएका छन् ।
मुकारुङका अनुसार होटेल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटेलमा राखेर रातभर सामूहिक बलात्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो ।
महिलाका पती रोजगारीको लागी अन्यन्त्रै गएका थिए । ती महिला ४ वर्ष र १७ महिनाका छोरी सहित आफू बहिनी सँग बसेकी थिइन ।
घटना बारे थप अनुसन्धान गरिने र दोषीलाई कडा कारबाही गरिने डिएसपी मुकारुङले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP