मोरङको जहदामा एक महिलाको रहस्यमय हत्या

दिप खबर
माघ ९, २०७८

मोरङको जहदा गाउँपालिकामा एक महिलाको रहस्यमय हत्या भएको छ । जहदा गाउँपालिका– ७ भीमपुरकी ४४ बर्सिया कल्पनादेवी नुनियाको रहस्यमय हत्या भएको हो । उनको शव शुक्रवार दिउँसो उनकै घरमा कपडा ओढाएको अवस्थामा फेला परेको हो । घाँटीमा डोरीले कसेको गहिरो नीलडाम पाइएकाले उनको हत्या भएको शङ्का भएकोले सोही अनुसार अनुसन्धान अघि बढाइएको मोरङका एसपी जर्नादन जिसीले बताएका छन् ।

अनुसन्धानमा संलग्न एसपी जिसीले भने, ‘हत्या यसरी नै भएको हो भनेर अहिले नै ठोकुवा गर्न सकिँदैन, तर एकभन्दा बढीले मिलेर हत्या गरेको प्रस्ट भइसकेकाले हामी तीव्र अनुसन्धान गरिरहेका छौँ ।’

घटनापछि  परिवारमा सँगै बस्दै आएका कल्पनाका छोराहरू २८ वर्षीय प्रधुम र २१ वर्षीय चैतन्य सहित उनीहरू दुवैका श्रीमतीहरू फरार प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP