ओखलढुङ्गामा गुडिरहेको जिपमा माथि बाट ढुङ्गा खसेर लाग्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय युसव कोइराला, ७ बर्सिया युनिशा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् । उनीहरूको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
को १ ज ३५६९ नम्बरको बोलेरो जिपमा बाटो माथिबाट ढुङ्गा खसेर लाग्दा दुर्घटना भएको हो, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
दुर्घटनामा तीनको अवस्था गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार ओखलढुङ्गा सामुदायिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP