राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन गर्ने र कक्षा १२ को परीक्षा भने आगामी जेठमा सञ्चालन हुने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार यसै साता परीक्षाका तालिका सार्वजनिक गरिनेछ । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकाले परीक्षा केहीपछि धकेल्ने निर्णय भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP