झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम बङ्गालकी ३५ बर्सिया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।
इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिवार दिउँसो इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनीको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त इँटा उद्योगमा अधिकांश कामदार भारतीय रहेका बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP