भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भएका दुवाकोटमा बस्ने पूर्व सैनिक मोहन बस्नेत आइतबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।बस्नेत आफू बस्दै आएको टहरामा नाम्लोको पासो लागेर झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले बताएका छन् ।
बस्नेतले केही महिनाअघि मात्रै सेनाबाट अवकाश पाएका थिए । २०५९ मा सेनामा भर्ना भएका उनले युद्धमा खुट्टा गुमाएका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP