मन्त्री यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध सुनसरी राष्ट्रिय युवा सङ्घ सडकमा

दिप खबर
माघ ८, २०७८

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवा सङ्घ सुनसरीले इटहरीमा प्रदर्शन गरेको छ । मन्त्री यादवले एक खुल्ला समारोहमा गौर हत्या काण्ड ब्युँतिन सक्ने भन्दै अराजकतापूर्ण अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै पेट्रोलियम पदार्थ तथा बजारमा महँगी बढ्दा पनि सरकारले वास्ता नगरेको भन्दै युवा सङ्घले विरोध प्रदर्शन गरेको हो ।


विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपाल इटहरी अध्यक्ष कमल दाहालले यो सरकार मनपरी ढङ्गबाट अघि बढेको बताउँदै सडकबाट लगाम लगाउने चेतावनी दिए । त्यस्तै राष्ट्रिय युवा सङ्घ सुनसरी संयोजक सुजन लामले यो परमादेश सरकारले जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धिले जनता मारमा परेको बताए । त्यस्तै उनले सरकारमा रहेका मन्त्रीले अराजकता उत्तेजना फैल्याउने शब्द प्रयोग गर्दा पनि सरकारले कुनै कदम नचाल्नुले सरकार माथि शङ्का बढ्दै गएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य अरुण गुरुङ, युवा सङ्घ केन्द्रीय सदस्य जितेन्द्र थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश बजगाईँ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP