इटहरीको दक्षिणी सिमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोलामा ४ करोड बढी रकमको पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गरेका हुन् । ४ करोड १६ लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ ।
इटहरी र इनरुवा जोड्ने सो पुल निर्माण पछि स्थानीय अत्यन्तै लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले वताए । खेतिपाति गर्न र कृषि उपज वजार पुर्याउनका लागि स्थानीयलाई पूल अतिनै आवश्यक भएकाले उपमहानगरले तीन बर्षको रकम जुटाएर पूल निर्माण थालेको उनको भनाई छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । वडा नम्वर १५ का कार्यवाहक वडाध्यक्ष सुवोध नारायण चौधरी र वडा सदस्य अशोक चौधरीले स्थानीयको एउटा ठूलो समस्या समाधान हुन लाग्दा स्थानीय अत्यन्तै हर्षित वनेको वताए । यो इटहरी उपमहानगरपालिकाको पूल निर्माणको ठूलो योजना हो । साढे चार बर्षको अवधिमा इटहरीमा ठूला दुई सहित साना ठूला गरि १९ वटा पूल निर्माण भएका छन् । भोटिया खोला सहित दुई वटा ठूला पूल योजना अहिले संचालित छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP