स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ

दिप खबर
माघ ७, २०७८

सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँ सहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आशंकामा चेकजाँच गर्दा डाक्नेश्वरी–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नौ लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।


१० लाखरुपैयाँ सहीत आरोपित दुई जना युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP