गुणस्तरहिन महको बिक्री गर्दै आएका नरेश श्रेष्ठ पक्राउ

दिप खबर
माघ ७, २०७८

काठमाडौँ उपत्यकाको विभिन्न स्थानहरूमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री वितरण गर्दै आएका नरेश श्रेष्ठ भनिने वर्ष ३८ का नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा बिहीबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले काठमाडौँ महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजसङका सञ्चालक उनलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नरेशको साथबाट केमिकलहरू र ७ हजार ६ सय किलो गुणस्तरहिन तयारी तथा कच्चा महसमेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात् अनुसन्धान कारबाहीको लागि शुक्रवार महा नगरीय प्रहरी परिसर, टेकु, काठमाडौँ पठाइएको छ ।

नरेशले विगत ७ वर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई प्रति केजी ६ सय ५०मा बिक्री वितरण गर्दै आएको तथा स्पर्श हनी भन्ने ब्रान्ड दर्ता समेत नभएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP