व्यक्तिहत्याको धम्की दिने मन्त्री रेणु लाई पदमुक्त गर्न नागरिकको माग

दिप खबर
माघ ७, २०७८

नागरिक समूहले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गर्दै केही नागरिकहरूले विज्ञप्ति सार्वजनिक गरेका हुन ।


चैत ३ गते गौरान वर्वर र पाशविक हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको अपिलमा उल्लेख छ ।


मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व भएकाले मन्त्री यादवलाई तत्काल पदमुक्त गरी, कानुनी कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रसर हुनु पर्ने आवश्यक रहेको उनीहरूले बताएका छन ।


अपिलमा डा. केदानरनरसिंह केसी, चरण प्रसाई, इन्द्र अर्याल, महामुनीश्वर आचार्य, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल र कनकमणि दीक्षितको हस्ताक्षर रहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP