मोरङको रतुवामाई नगरपालिका–९ डिपोमा करेन्ट लागेर बिहीबार साँझ एक जना युवकको मृत्यु भएको छ । बक्राहा खोलामा निर्माणाधीन झोलुङ्गे पुलमा कार्यरत कामदार पूर्व रुकुमको घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको हो । पानी तान्ने मोटर जडान गरेको कल चलाउने क्रममा विद्युत् सर्ट भएर श्रेष्ठलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको अरनिको अस्पतालमा ६ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP