कङ्गो नदीमा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता

दिप खबर
माघ ७, २०७८

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

करिब ६०० यात्रु बोकेको जहाज अत्याधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ।

विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP