आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

दिप खबर
माघ ७, २०७८

कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीको निर्णयअनुसार गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गरेको हो । सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । 

कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौँ उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गरिएको छ । सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्यासिनो लगायत बन्द गर्ने निर्णय भएको छ । यस्तै शैक्षिक संस्थाहरूले भौतिक रूपमा पठन पाठन नगर्ने निर्णय भएको छ भने परीक्षाहरू पनि स्थगित गर्ने निर्णय भएको छ । सार्वजनिक स्थलमा भौतिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, विदेशबाट आउँदा ५ दिन होम आइसोलेसन बस्न पनि स्थानीय प्रशासनले आदेश दिएको छ ।

यस्तै सामाजिक कार्यमा 25 जनाको उपस्थिति हुन छुट दिइएको छ भने पार्टी प्यालेस प्रयोग गर्न प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनुपर्नेछ । यस्तै स्वास्थ्य मापदण्ड पालना गरेर रेस्टुरेन्ट खोल्ने, जोर बिजोरका आधारमा निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP