भारतमा एकै दिन ३ लाख ४७ हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

दिप खबर
माघ ७, २०७८

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी ७०३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । यही अवधिमा २ लाख ५१ हजार ७७७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख १८ हजार ८२५ रहेको छ ।

भारतमा ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या ९ हजार ६९२ पुगेको छ । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड ८२ लाख १८ हजार ७७३ पुगेको छ भने हालसम्म चार लाख ८७ हजार ६९३ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP