झापाको हल्दीबारीमा बन्दाबन्दी भयो

दिप खबर
माघ ६, २०७८

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ वडा कार्यालयले बन्दाबन्दी घोषणा गरेको छ । जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनालाई कोरोना सङ्क्रमण देखिएपछि वडाले सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी घोषणा गरेको हो ।

बुधवार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरुष र ८ महिला गरी २१ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । त्यसमा जनजागृति माविका ६ जना शिक्षक छन् । हल्दीबारी गाउँपालिका वडा नम्बर १ को कोरोना रोकथाम नियन्त्रण समिति र सर्वदलीय बैठकले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभए सम्म बन्दाबन्दी गर्ने घोषणा गरेको हो । 

वडाध्यक्ष त्रिलोचन सापकोटाले जारी गरेको सूचनामा बिहीबारदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाउने, साप्ताहिक हाटबजार बन्द गर्ने, स्थानीय व्यवसाय तथा वित्तीय कारोबार स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा अपनाई सेवा प्रदान गर्ने, ओमिक्रोनको लक्षण हुने र सङ्क्रमितको कनट्याक्ट ट्रेसिङमा पर्नेले प्रत्येक साताको शुक्रवार गोलधाप स्वास्थ्य चौकीमा गई एन्टिजेन टेस्ट गराउने निर्णय गरिएको उल्लेख गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP