सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । एमाले निकट अनेरास्ववियूले बिहीबार लैनचौरस्थित अस्कल क्याम्पस हाताभित्र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरे पस्चात बिद्यार्थिहरु आन्दोलमा उत्रिएका हन् । ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । क्याम्पस परिसरबाट सडकमा निस्किएका उनीहरुलाई प्रहरीले रोकेको छ ।
नेपाल आयल निगमले बुधबार मध्यराति देखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP