बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ क १९९९ नम्बरको टिपरले पार्वतीपुरस्थित धर्मकाटा नजिकै बसिरहेका ३५ वर्षीय त्रिलोक केसीलाई गए राति ११ बजे ठक्कर दिएको हो । नेपालगन्ज उपमहानगरपालिका–७ निवासी केसी गम्भीर घाइते अवस्थामा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP