कुवेतमा एक नेपाली युवकको मृत्यु

दिप खबर
माघ ६, २०७८

रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल विगत दुई वर्षअघि कुबेद पुगेका थिए । उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन । कुवेत स्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल आफ्नै कोठाभित्र झुन्डिएर मृत अवस्थामा फेला परेका देखेपछि मण्डलका साथीहरूले कुवेत प्रहरीलाई खबर गरेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

उनको मृत्युको कारण आत्महत्या हो या होइन भन्नेबारे कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतकको शवलाई कम्पनी तथा उनको परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो नेपाली पठाइने दूतावासले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP