खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

दिप खबर
माघ ६, २०७८

मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ । काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटार बाहेक अन्य विमानस्थलहरू कम भिजिबिलिटीका कारण बन्द छन् । बुद्ध एयरले विमानस्थलहरू बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ । काठमाडौँबाट नेपालगन्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केही बेर दाङको आकाशमा होल्ड गरिएको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ । पश्चिमी वायुको प्रभावले केही स्थानहरूमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज नेपालका धेरै जसो क्षेत्रको आन्तरिक हवाई उडान प्रभावित भएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP