सर्लाहीको जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधवार साँझ आगो तापिरहेको अवस्थामा ७५ बर्सिया देवकलीको आगो शरीरमा एक्कासि सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुयाईएकी उनको उपचारको क्रममा गए राति साँढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो केही दिन यता जिल्ला सहित तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चिसो बढेसङै आगो ताप्ने क्रममा धेरै घटना हुन थालेको छ । आगो ताप्दा आफ्ना बालबच्चा, अपाङ्ग, असक्त, बुडाबुडीहरू लाई विशेष ख्याल राख्न परिवारका सक्रिय सदस्यलाई सरकारले अनुरोध गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP