रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ बर्सिया मिना पुन मगरले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
महिलाको मानसिक सन्तुलन ठिक नभएको वडाध्यक्ष अमरजित पुनले बताए । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP